२०८१ श्रावण १२

लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २२, बुधबार १५:३४ गते

लुम्बिनी, २२ कार्तिक ।

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०।८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ गणना भएको कोषका कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ । पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन ।