२०८१ चैत्र ६
नवलपरासी २६ कात्तिक ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ८ मुन्डेमा ग. १ज ३२७० नम्बरको जिप दुर्घटना भएको थियो ।
बुलिङटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली– ९ गोरेघुम्तीको एस मोडमा अनियन्त्रित भई एक्कासि घरमा ठोक्किन पुगेको थियो ।