२०८१ आश्विन ४

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २९, बुधबार ०९:१९ गते

 

 

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका

काठमाडौं कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । भाइटीकाको उत्तम साइत बिहान १०.५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।