२०८१ श्रावण १२

प्रेस युनियनले तोक्यो विभागीय जिम्मेवारी
  • लुम्बिनी खोज
  • २०८० मंसिर १, शुक्रबार १३:४७ गते

काठमाण्डौं १ मंसिर ।
नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन्।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन, २०७९) परिच्छेद ४, धारा २८ बमोजिम युनियनका १५ वटा विभिन्न विभाग गठन गरिएको हो। युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासन विभागको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्षहरू नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दीपेन्द्र वान्तबाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचारसंहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा. मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिलकुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ। युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारीमा छन्।