२०८१ श्रावण १२

कांग्रेसमा आमूल परिवर्तन आवश्यक छ:- सभापति पुन
  • लुम्बिनी खोज
  • २०७८ माघ १५, शनिबार १५:२२ गते

बुटवल १५ माघ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस पार्टीमा अहिले आमूल परिवर्तनको खाचो रहेको बताएका छन् । नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देहीद्वारा शनिवार आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्ने नसक्ने भएकाले परिवर्तनको खाँचो रहेको बताए । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहेका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको बताए। उनले संविधान अनुसार १४औं महाधिवेशनबाट प्रदेश समितीहरू निर्माण भइ सकेको बताउदै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्ने धारणा राखे । महाधिवेशन ताका भएका सम्पूर्ण तिक्तताको अन्त्य गर्दै एकताका साथ अगाडि बढ्न पनि उनले सबैलाई अपिल गरे । भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी,देवदह नगरसभापती गुनाखर भुर्तेल लगायतले बोलेका थिए ।