२०८१ श्रावण १२

विश्वकप क्रिकेट २०२३ः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
  • लुम्बिनी खोज
  • २०८० मंसिर ३, आईतवार ०७:५६ गते

बुटवल ३ मंसिर ।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ को फाइनल भिडन्त आज हुदै छ । उपाधिका लागि आज घरेलु टोली भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । अस्ट्रेलिया सर्वाधिक पाँचपटक र भारत दुईपटकको च्याम्पियन हो । अस्ट्रेलिया भारतलाई स्तब्ध बनाउँदै छैटौँपटक ट्रफी उचाल्न चाहन्छ । एक लाख दर्शक अट्ने अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारत अपराजित रहँदै तेस्रोपटक ट्रफी उचाल्ने दाउ छ । भारत जारी विश्वकपमा १० खेलमा अपराजित छ ।
डे नाइट फाइनल खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे हुनेछ । पहिलो दुई खेल गुमाएको अस्ट्रेलिया पछिल्लो आठ खेलमा अपराजित रहँदै लयमा देखिन्छ ।