२०८१ श्रावण १२

माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समाजवादीले बनायो एकता संयोजन समिति
  • लुम्बिनी खोज
  • २०८० मंसिर ६, बुधबार १३:४५ गते

काठमाण्डौं ६ मंसिर ।
नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग माओवादीसँग एकता गर्न डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा एकता संयोजन समिति बनाएको छ । एकतार ध्रुवीकरण गर्न संयोजन समिति गठन गरेको समाजवादी पार्टीले जनाएको छ।

काठमाडौंमा आज बसेको नेपाल समाजवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्ष भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह छन्।
पार्टी एकतार ध्रुवीकरण संयोजन समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकतार ध्रुवीकरण गर्दै जाने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले १७ कात्तिक ०८० मा जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्पपीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेको छ।