२०८१ श्रावण १२

एकै परिवारका तीनजना मृत फेला
  • लुम्बिनी खोज
  • २०८० मंसिर ७, बिहीबार ०७:५९ गते

धनकुटा ७ मंसिर ।
धनकुटा नगरपालिका– १ निगालेमा एकै परिवारका तीनजना मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङ आज बिहान घरभित्रै मृत अवस्थामा फेला परेका हुन्।

टीकाराम झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। उनकी श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएका छन्। चारजनाको परिवार रहेको गुरुङकी ६ वर्षीया छोरी आशिका भने सकुशल छिन्।

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेस्थित लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो। गुरुङको परिवारले दैनिक ज्याला–मजदुरी गर्दै आएको थियो। छोरी आशिकाले घरमा बुबा–आमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको थियो।