२०८१ श्रावण १२

​प्रहरी र प्रदर्शनकारीबीच झडप
  • लुम्बिनी खोज
  • २०८० मंसिर ७, बिहीबार ११:०३ गते

तनावग्रस्त बल्खु

काठमाडौ,७ मंसिर ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरीले अश्रृग्यास छाडेको छ । प्रसाईंले अब आन्दोलनकारी `शहर पस्ने’ भनेपछि कालिमाटीतर्फ बढेपछि प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि दुवै पक्षबीचमा झडप सुरु भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक-पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।