७ जेष्ठ २०८१, सोमबार

पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल नवीनका विद्यार्थीलाई सम्मान
  • लुम्बिनी खोज
  • ७ मंसिर २०८०, बिहीबार ११:३२

बुटवल ७ मंसीर ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस र पोखरा विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी सम्मान कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
कार्यक्रममा सिचाई डिभिजन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर दामोदर सापकोटाले छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ् अगाडी बढ्न आग्रह गर्दै राज्य र विद्यालयले गरेको लगानीको उच्च सदुपयोग गर्न आग्रह गरे ।
बुटवल उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा सहायक निर्देशक कोपिला ज्ञवालीले विद्यालयले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले असल अभ्यासहरूको अवलम्वन गरेकोमा निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सिभिल इन्जिनियरिङ कक्षा ११ र १२ का संयोजक ई. विमल अर्याल, सिभिल इन्जिनियरिङ कक्षा ९ र १० का संयोजक ई. गणेश थापा, पुल्चोक क्याम्पसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शिशिर ज्ञवाली र सुस्मिता पुनले आफ्ना अनुभवहरु शेयरीङ गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी रमा थामीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य विद्यालय व्यवस्थापन समितिका सदस्य कमला भण्डारी ज्ञवालीले गरेकी थिइन्।
कार्यक्रममा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरु पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शिशिर ज्ञवाली, निर्मल भुसाल, सुस्मिता पुन र पोखरा विश्वविद्यालयमा राजन कोइराला, जानका मरासिनी, बिपना न्यौपाने र मोनिका बस्याललाई प्रमुख अतिथि सिचाई डिभिजन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर दामोदर सापकोटाले सम्मान गरेका थिए ।
विद्यालयमा कक्षा मन्टेश्वरी देखि १० सम्म पूर्ण अंग्रेजी माध्ययममा कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन मा होटल व्यवस्थापन समेत, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म ४हजार ६ सय ५८ विद्यार्थीहरु अध्ययनरत रहेका छन् हाल विद्यालय विद्यार्थी संख्याको आधारमा नेपालमा पाँचौ स्थानमा रहेको छ ।