२०८१ श्रावण १२

नेप्से ४७ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० मंसिर १०, आईतवार १४:३३ गते

बुटवल १० मंसिर ।
आइतबार सेयर बजारका सबै सूचकमा वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेर एक हजार नौ सय ७.९५ बिन्दुमा पुगेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।
आज दुई सय १४ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीमा मात्रै गिरावट देखिएको छ। कुल ६५ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब एक करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार एक अर्ब ३३ करोडको सेयर कारोबार भएको थियो।