२०८१ श्रावण १२

नेप्से सूचक ११.२७ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० मंसिर ११, सोमबार ११:३१ गते

बुटवल ११ मंसिर।
सेयर बजारको परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको हो । आज कारोबार रकम समेत घटेर १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँमा झरेको छ । आइतबार ४७ अंकमाथिले नेप्से सूचक थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । आज सोमबार कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो ।