२०८१ श्रावण १२

नेप्से सूचक २.१७ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० मंसिर १२, मंगलवार १२:४४ गते

बुटवल १२ मंसिर ।
मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंक (०.११ प्रतिशत) घटेको छ । नेप्से परिसूचक आज एक हजार आठ सय ९४.५३ बिन्दुमा झरेको छ।
मंगलबार कारोबार रकममा समेत घटेको छ। ४७ लाख २७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । सोमबार एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।