२०८१ श्रावण १२

टोपबहादुर रायमाझी थुनामुक्त नहुने
  • लुम्बिनी खोज
  • २०८० मंसिर १५, शुक्रबार ११:५१ गते

 

काठमाडौं १५ मंसिर।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उनीसहित सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सन्देश शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर भएको छ।

जिल्ला अदालतविरुद्ध उच्च अदालतमा गएका उनीहरुको हकमा यस्तो आदेश आएको हो ।‘घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टेकनारायण पाण्डे, डा इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पालाई मुद्दा पर्पक्षका निम्ति थुनामा राख्नेगरी भएको तहाँ अदालतको मिति २०८० असार १ को आदेश मिलको नै देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।