२०८१ श्रावण १२

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनः कांग्रेस थप बलियो हुने देउवाको विश्वास
  • लुम्बिनी खोज
  • २०८० मंसिर १६, शनिबार १५:३२ गते

कम बोल्ने र काम बढी गर्न खोजेको छु, हेरौं के हुन्छः सभापति देउवा
बुटवल १६ मंसिर ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लुम्बिनीबाट कांग्रेस थप बलियो हुने बताएका छन् । शनिबारबाट बुटवलमा शुरु भएको पार्टी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनका उद्घाटन गर्दै गौतम बुद्धको भुमिबाट कांग्रेस थप बलियो हुने विश्वास ब्यक्त गरे । आफू कम वोल्ने र काम बढी गर्न खोजेको समेत उनले बताए । सभापति देउवाले भने, कम बोल्ने र काम बढी गर्न खोजेको छु, हेरौं के हुन्छ ,उनले भने ।
काग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसको आगामी महाधिबेशन समयमा गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।समयमै महाधिबेशन गरी एक ढिक्का भएर अगाडी बढेमा कांग्रेसले कसैको सहरा विनै चुनाव जित्ने दावी पनि गरे । उनले अब वडा देखि केन्द्रसम्मका चुनाव कांग्रेस एक्लै लडुनुपर्ने समेत बताए ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकमा छाएको निराशा र आक्रोसबाट बाहिर निकाल्ने काम कांग्रेसको भएको बताए । कांग्रेस छ भन्ने भरोसा दिलाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेसका अर्का महामन्त्री बिश्वप्रकाश शर्माले कांग्रेसलाई गतिशिल र बलियो बनाउन लागि पर्नुपर्नेमा जोड दिए । उनले मिसन ०८४ को कुरा गर्नेहरुलाई शुभकामना दिदै कांग्रेस मिसन ०८४ मा नरहेको बताए । ठीक समयमा चुनाव गराउन जुटौला तर अहिले मुलुक बनाउन जुटौं । अहिलेका समस्या भत्किएका विग्रिएका विषयहरुमा कांग्रेस बोल्छ, र रुपान्तरणमा लागि पर्छ भन्दै उनले नागरिकसग टुट्दै गएको विश्वास जोड्दै कांग्रेस अगाडी बढ्ने बताए ।
कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्रका समस्या तथा निरासाका सन्र्दभमा गंभिररुपमा समिक्षा गर्नुपर्नेमा जोड दिए । कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीले भाषणले मुलुक बन्न नसक्ने भन्दै मुलुक तथा पार्टीको रोगको पहिचान गरेर औषधी ठीक ढंगले दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनसहित कोशी, मधेश, बागमति, गण्डकी र कर्णाली प्रदेशका सभापतिहरुले कांग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।