२०८१ श्रावण १२

अन्तर्राष्ट्रिय लियो दिवसमा मानवसेवा आश्राममा खाना खुवाइयो
  • लुम्बिनी खोज
  • २०८० मंसिर १९, मंगलवार ०७:४२ गते

 

बुटवल १९ मंसिर ।
लियो क्लब अफ बुटवल मणि उजेश र लियो क्लब अफ भलवारीले भलवारी स्थित मानवसेवा आश्राममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् । अन्तर्राष्ट्रिय लियो दिवसको सप्ताह व्यापि कार्यक्रम अनुरुप लियो क्लब अफ बुटवल मणि उजेश र लियो क्लब अफ भलवारीको संयुक्त आयोजनामा भलवारी स्थित मानवसेवा आश्राममा खाना खुवाउने कार्यक्रम गरिएको हो ।

लियो क्लब अफ भलवारीका अध्यक्ष लियो सागर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लब अफ बुटवल मणि उजेशका अध्यक्ष दर्पण घिमिरेले कार्यक्रम संयोजकको भुमिका निर्वाह गरेका थिए । लियो जिल्ला ३२५ पी कि उपाध्यक्ष लियो श्रद्धा कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मानवसेवा आश्रमकी सहसंचालिका बिष्णु घर्तीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा लियो रिजन ६ चेयरपर्शन लियो सुष्मा बश्याल एवम् लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन मीन तिवारीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको फर्मल सेसनको संचालन, लियो क्लब अफ भलवारीकि सचिव लियो सामना केसिले गरेकी थिइन्।