२०८१ श्रावण १२

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा
  • लुम्बिनी खोज
  • २०८० मंसिर १९, मंगलवार १०:११ गते

 

बुटवल १९ मंसिर ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्।जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरुद्धमा उनले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ।
‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले संघर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन्।