२०८१ श्रावण १२

एकीकृत समाजवादीले जेठमा महाधिवेशन गर्ने
  • लुम्बिनी खोज
  • २०८० मंसिर १९, मंगलवार ११:४२ गते

बुटवल १९ मंसिर ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टीले आगामी माघ महिनामा गर्न लागेको महाधिवेशनको समयमा राष्ट्रिय सभाको निर्वाचन हुन गएका कारण करिब चार महिना पछि सारिएको जनाएको छ । पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बताए । बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका साथै अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो। बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि आगामी माघ ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
विधानमा हेरफेर गर्न कार्यदल

विधानबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् ।
सम्मेलनको व्यवस्थापनका लागि नेताहरु गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी सचिवालय बैठकले प्रदान गरेको छ ।
त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।