२०८१ श्रावण १२

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना, पाँच जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० पुष ५, बिहीबार ०४:१९ गते

बुटवल ५ पुस ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ ।

सो दुर्घटना गए राति करिब १०ः१५ बजे भएको जनाइएको छ । सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् ।