२०८१ श्रावण १२

नवीनमा वकिल र शिक्षक तथा विद्यार्थीहरूबिच अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८० पुष ६, शुक्रबार ११:२६ गते

बुटवल,६ पुस ।
नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा सरकारी वकिल र शिक्षक तथा विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम २०८० शुक्रबार सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सरकारी वकिलको भूमिका सम्बन्धमा स्थानीय निकाय, शिक्षक विद्यार्थी तथा नागरिक समाज सबैलाई जानकारी हुनुपर्ने धारणा राख्दै उच्च सरकारी वकिल कार्यालयले रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गरेका थिए ।

उच्च सरकारी वकिल कार्यालय बुटवलका सह न्यायाधिवक्ता गोविन्दराज गौलीको अध्यक्षता, कार्यालयका बुद्धि पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपन्यायाधिवक्ता रवि न्यौपानेले सहजीकरण गरेका थिए । कानुन सहायता समितिका अधिकृत विष्णु भुसाल, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, अस्थायी प्रहरी चौकी देवीनगरका प्रहरी नायब निरीक्षक कमल भण्डारी, नवीन विद्यार्थी क्लबका अध्यक्ष अभिसन थापा, कानुन समूह १२ की विद्यार्थी रुक्सा अर्याल, रोशन परियार, विनिता पाण्डे, सन्देश विश्वकर्मा लगायतले धारणा राखेका थिए।