२०८१ श्रावण १२

माओवादी केन्द्र बुटवल वडानं ८ को भेला सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० पुष ९, सोमबार १०:२७ गते

बुटवल,९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडानं ८ को भेला तथा बनभोज कार्यक्रम सोमवार बुटवलमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्दका पोलिटब्युरो सदस्य बामदेव क्षेत्रीले माओवादी पार्टीमा रहेका कमिकमजोरीलाई हटाई रुपान्तरण हुदै जनताको बिचमा पुग्ने र आगामी निर्बाचनमा एक नंम्बर पार्टी बन्ने दाबी गरेका छन ।
उनले पार्टीले तिन महिने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान संचालन गरेको स्मरण गदै अभियानले पार्टी निर्माणमा उर्जा थपेको बताए । नेता क्षेत्रीले माओवादी पार्टीले आबस्यक्ता अनुसार रुपान्तरण हुदै नया निति र नया योजनाका साथ जनताको बिचमा पुग्ने र अगाडी बढने तर्क समेत गरे । उनले भने मुलुक माओवादीले उठाएका एजेण्डामा हिडिरहेको छ । हामी जनता बिचमा जान्छौ देशकै एक अब्बल पार्टी बनाएर छाडछौ ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार डा कृष्ण खनालले माओवादी आन्दोलका कारण देशमा गणतन्त्र ,संघियता,धर्मनिरपेक्ष जस्ता उपलब्धी प्राप्त भएको र अहिले यिनै उपलब्धि माथी प्रहार भएको तर्क गरे । उनले उपलब्धी रक्षाको लागि सबै आआफनो ठाउबाट लाग्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बुटवल उपमहानगरपालिका वडानं ८का अध्यक्ष हरिहर ज्ञावाली, माओवादी केन्द्र वडानं ८ सचिब बसन्त पौडेल ,उपाध्यक्ष डण्डपाणी बश्याल लगायतले बोल्दै माओवादी रुपान्तरण सहितको पार्टी बन्नु पर्नेमा जोड दिएका थिए ।