२०८१ श्रावण १२

बुटवलमा सवारी दुर्घटना ३ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०७८ माघ २४, सोमबार ०३:५१ गते

बुटवल २४ माघ । रूपन्देहीको बुटवलमा आज विहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मोहन खाणका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको तर सडकमा रोकिरहेको अवस्थाको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो । दुर्घटनामा परी बुटवल १३ का अन्दाजी २८ वर्षिय सविन चौधरी, सोही स्थान कै अन्दाजी २७ वर्षिय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रनाउ खाणले बताए । दुर्घटनामा भागिरथ चौधरी र अनिश जिसि घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।