२०८१ श्रावण १२

मुटु अस्पतालको स्थापना दिवस
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १३:४५ गते

बुटवल १० पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गाउ र शहरको दुरी कमगर्ने गरी विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
बुटवल स्थीत गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै उनले युवालाई राजगारीमा जोड्ने गरी गाउसगको पहुच बढाउने गरी प्रदेश सरकारले काम अगाडी बढाएको पनि उनले बताए । गाउ गाउमा उद्यमी बनाउदै यहाको उत्पादन निर्यात गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । उनले जहा उत्पादन हुन्छ, त्यहा सडक सहितको विकास पुयाउने गरी प्रदेश सरकार अगाडी बढेको पनि बताए । त्यस्तै प्रदेशमा पर्यटन विकासमा पनि विशेष जोड दिएको धारणा पनि उनले राखे । लुम्बिनी प्रदेश सरकारले उद्योग स्थापना हुने र पर्यटक पुग्ने ठाउंलाई सडक संजालले जोड्ने निति बनाएको बताउंदै उद्योग व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई मुख्यमन्त्री चौधरीले आग्रह गरे ।
मुख्यमन्त्री चौधरीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्दा गाउं र शहरलाई जोड्न सकिने र त्यसैको माध्यमबाट मुलुकको विकास हुने बताए । मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशभित्रका जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको बताए । अस्पताललाई जग्गा प्राप्ती देखि अन्य सहयोगमा लागि पर्ने धारणा समेत उनले राखे ।
कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले ४५ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए । अस्पताललाई जग्गा प्राप्ती भएमा आफ्नै भवनबाट सेवा दिन सहज हुने भन्दै यसका लागि आवश्यक सहयोग पुयाउन सरकारी निकायको ध्यान जानुपर्ने धारणा अध्यक्ष आलमले राखे ।
अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहितको अस्पताल बाट पुयाएको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठ, अर्का पुर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटालगायतले स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गर्दै मुटु अस्पतालले खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीसहित अस्पतालका विभिन्न शाखाबाट उत्कृष्ट कार्य सम्पादन गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।