७ बैशाख २०८१, शुक्रबार

भलाई कोषद्धारा दुईवटा यातायात समितिसँगे सम्झौता
  • लुम्बिनी खोज
  • १२ पुष २०८०, बिहीबार १२:२६

बुटवल, १२ पुस ।
पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
जाजरकोट–डोल्पा यातायात प्रालि र नेपाल पुर्व–पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए ।
बुटवलमा आयोजित एक कार्यक्रमका बीच जाजरकोट–डोल्पा यातायात प्रालिका तर्फबाट अध्यक्ष नवराज सिंह तथा नेपाल पुर्व–पश्चिम यातायात प्रालिका तर्फबाट अध्यक्ष धनबहादुर पुन, महासचिव विजय थापा र कोषाध्यक्ष नेपबहादुर खड्का तथा भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा कोषका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु सहभागी थिए ।