२०८१ श्रावण १२

नवीनमा न्यायाधीश शिक्षक र विद्यार्थी संवाद
  • लुम्बिनी खोज
  • २०८० पुष १३, शुक्रबार १३:३५ गते

बुटवल १३ पुस ।
नवीन औद्योगिक कदरबहादुर रिता मा.वि. देवीनगरमा न्यायाधीश शिक्षक र विद्यार्थी संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
उक्त अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश सरला कुमारी पाण्डेले कानुन विषय पढेर वकिल न्यायाधीश बन्ने मात्र होइन कानुन निर्माण, बैंकिङ, निजामती लगायत सबै क्षेत्रमा आवश्यक भएकोले आफ्नो इच्छा अनुसार लक्ष्य निर्धारण गर्न विद्यार्थीलाई आग्रह गरिन् ।
उनले विद्यालयले विद्यालयबाट पास विभिन्न विश्वविद्यालयहरूमा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरिन्।
सबै विद्यार्थीहरूले सकारात्मक सोचका साथ आफूले आफैसँग प्रतिबद्धता व्यक्त गरेर अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने बताउँदै उनले विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरिन ।
उच्च अदालत तुल्सीपुर बुटवल इजालसका न्यायाधीश मेदिनी प्रसाद पौडेलले देवानी कानुनसँग सम्बन्धित विषयमा सहजीकरण गर्दै विद्यार्थीहरूका जिज्ञासाहरूको जवाफ दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेलको अध्यक्षतामा कानुन समूहका विद्यार्थी रुक्सा अर्याल र अमिसन थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्था बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल ,सम्मानित विद्यार्थीहरु समीक्षा खत्री, अस्मिता भण्डारीले अनुभव सेयर गरेका थिए । कार्यक्रममा नेपाल ल क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा नाम निकालेका पहिलो ब्याजका विद्यार्थीहरू समीक्षा खत्री, अस्मिता भण्डारी, रोशन काफ्ले ,रोशनी दमाइ, बल बहादुर बि.क., दिलमाया लम्साल, मिलन श्रीस, सन्दीप परियार, सोनु बि.क. र सम्झना कुमारी चमारलाई सम्मान गरिएको थियो ।
विद्यालयले विद्यालयबाट पास विभिन्न विश्वविद्यालयहरूमा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरे ।
सबै विद्यार्थीहरूले सकारात्मक सोचका साथ आफूले आफैसँग प्रतिबद्धता व्यक्त गरेर अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने बताउँदै विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरेका थिए ।