२०८१ श्रावण १२

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० पुष १७, मंगलवार १२:०१ गते

बुटवल १७ पुस ।
बुटवलमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उप महानगरपालिका वडा नं.८ मिलनचोक स्थित बुटवल भैरहवा सडक खण्डमा भएको दुर्घटनामा साइकल यात्रुको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ ख ३३७४ नम्बरको माईक्रोबसले साईकललाई ठक्कर दिदा साइकल यात्री अन्दाजी ४० वर्षका पुरुष व्याक्ति घाईते भई उपचारको लागि लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा पठाईएकोमा उपचारको क्रममा मंगलवार दिउसो मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन् । प्रहरीले माईक्रोबस चालक तिनपा ६ गरकट्टा बस्ने वर्ष कृष्ण कडेल र बस प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।