२०८१ भाद्र २६

राममणिमा साहित्यिक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० पुष १७, मंगलवार १२:४२ गते

बुटवल १७ पुस ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा साहित्यिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।

विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमा भएको कार्यक्रममा बहुभाषी साहित्यकार एवम् ज्योतिषाचार्य प्रीति आत्रेय र विद्यार्थीहरूले रचना वाचन गरेका थिए । प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले कार्यक्रममाथि प्रकाश पार्दै शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए ।
विभागका सदस्य कविता पन्थीको सञ्चालन र उपप्राध्यापक माया घिमिरेको स्वागतमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले साहित्यबाट सबै क्षेत्र प्रभावित हुने बताए ।
सो अवसरमा विद्यार्थीहरू पवित्रा चौधरी, वीरता ढुङ्गाना र यशोदा भुसालले साहित्यकार आत्रेयका ‘चुटुक्क’ मुक्तक संग्रहका रचनाहरू वाचन गरेका थिए ।
साहित्यकार आत्रेयका ‘अनुभूतिको इन्द्रेणी’ र ‘चुटुक्क’ पुस्तकाकार कृति साथै गीतहरू सार्वजनिक भइसकेका छन् भने नेपालको पहिलो महिला ज्योतिषका रूपमा परिचित छिन् ।