२०८१ श्रावण १२

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनीमा स्वागत
  • लुम्बिनी खोज
  • २०८० पुष १८, बुधबार १५:०९ गते

 

बुटवल १८ पुस ।
अन्तरप्रदेश भ्रमणमा रहेका गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा सदस्य मिना बुढामगर, मिना कुमारी श्रेष्ठ प्रदेश सभा सचिब दुर्लभ कुमार केसीलगायतले उनीहरुलाई स्वागत गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उद्देश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा बिद्यार्थी पहुँच कार्यक्रम गरिएको जानकारी गराउदै यसको सकारात्मक प्रभाव परेको बताए। त्यसै गरि गण्डकी प्रदेशका सभामुख धितालले आफुले अस्ट्रेलियाको संसद मोडेल हेरेको त्यहाको संघीयतामा भन्दा नेपाली मोडेल नंया र सभामा बढी समाबेशि रहेको बताए । गण्डकी प्रदेश सभाका सचिब हरि प्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नु पर्ने कुरा धेरै भएको बताए।