४ जेष्ठ २०८१, शुक्रबार

राममणि क्याम्पसको वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता
  • लुम्बिनी खोज
  • १९ पुष २०८०, बिहीबार १६:३६

बुटवल, १९ पुस ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको छत्तीसौं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह–२०८० का थप सातवटा खेलकुद प्रतियोगिताका अन्तिम चरणका परिणाम आएका छन् ।
पछिल्लोपटक सञ्चालित छात्रा भलिबलतर्फ बी.एड. दोश्रो वर्षको पुरानो समूह विजयी र बी.एड. दोश्रो वर्षकै नयाँ समूह उपविजयी भएका छन् । त्यस्तै, छात्र भलिबल तर्फ बी.बी.एस. चौथो वर्ष पहिलो र बी.बी.एस. दोश्रो वर्ष दोश्रो भएका छन् ।
छात्रातर्फको स्लो साइकल रेस सुरक्षा रेग्मी पहिला, वन्दना न्यौपाने दोश्रा र अनिता भण्डारी तेश्रा भएका छन् । छात्रतर्फ रोशन केवट पहिला, सुदिप क्षेत्री दोश्रा र हिमांशु थापा तेश्रा भएका छन् ।
त्यस्तै, छात्रा कपर्दीतर्फ बी.बी.एस. दोश्रो वर्षको समूह विजयी र बी.एड. दोश्रो वर्षको समूह उपविजयी भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिए ।
यसैगरी, शटपुट थ्रो (छेलो फ्याँक्ने) छात्रतर्फको प्रतियोगितामा बी.ए. तेश्रो वर्षका एरिक के.सी. पहिला बी.बी.एस. दोश्रो वर्षका हिमांशु थापा दोश्रा र बी.बी.एस. चौथो वर्षका रोशन बलाल तेश्रो भएका छन् ।
शटपुट थ्रो (छेलो फ्याँक्ने) छात्रातर्फको प्रतियोगितामा बी.बी.एस. दोश्रो वर्षका गंगा रास्कोटी पहिला, बी.एड. तेश्रो वर्षका विमला शर्मा दोश्रा र बी.बी.एस. तेश्रो वर्षका सरिता लम्साल तेश्रो भएका छन् ।
छात्रा दौडतर्फ बी.एड. दोश्रो वर्षका विमला शर्मा पहिला, बी.बी.एस. दोश्रो वर्षका पुष्पाञ्जली गोतामे दोश्रा र बी.बी.एस.कै लोककुमारी पन्तक्षेत्री तेश्रा भएका छन् ।