२०८१ श्रावण १२

संसदीय पत्रकारिता पुरस्कार भरत केसीलाई
  • लुम्बिनी खोज
  • २०८० पुष २१, शनिबार १५:५४ गते

बुटवल,२१ पुस ।

पत्रकार भरत केसी उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाको अवसरमा शनिबार केसीलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद राशी प्रदान गरिएको छ । दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसी रासस लुम्बिनी प्रदेशका प्रमुख हुन् ।

घनश्याम गौतम संयोजक तथा रेखा भुसाल र दिपक घिमिरे सदस्य रहेको मुल्याङ्कन समितिले केसीसहितको नाम सिफारिस गरेको थियो । कार्यसमितिले केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिएको छ ।