२०८१ श्रावण १२

नवीन माविको ४८ औँ वार्षिकोत्सव सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० पुष २२, आईतवार १३:३१ गते

बुटवल २२ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० आइतबार सम्पन्न भएको छ ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले विद्यालयले बुटवलको पहिचान बनाउन सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेकोमा उच्च प्रशंसा गर्दै बुटवल सबै क्षेत्रमा समृद्ध भएकोले अगुवाई गर्ने दाबी गरे ।उनले नवीनले संस्कार र पहिचान कायम गर्नेमा जोड दिइ विद्यालयको भौतिक पूर्वाधार निर्माणमा बुटवल उपमहानगरपालिकाले जिम्मा लिने प्रतिबद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योति भण्डारी, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका सचिव मेघराज भट्टराई, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरका अध्यक्ष तथा अभिभावक महेन्द्र भुसाल र वि.व्य.स. सदस्य भरत कुमार रसाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा शिक्षक केशवराज पन्थको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन, भौतिक , शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्ष असल अभ्यास, सोक विश्लेषण, विद्यालयको नतिजा अनुसन्धान विश्लेषण गर्दै आ.व. २०७९र८० को १४ करोड ८६ लाख ४० हजार ७ सय ७७ आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको पहिचान तथा गतिविधि झल्कने सांगीतिक गीत गायक प्रमोद खरेल, गायिका सरिता पन्थी शब्द र संगीतमा सुरेश सेन्चुरीद्वारा गरिएको सांगीतिक गीतको प्रमुख अतिथिले सार्वजनिकरण गरेका थिए । साथै २०७९ को एसइइ, २०८० कक्षा १२ को बोर्ड परीक्षामा २.८ जीपीए माथि प्राप्त गर्ने शिक्षक, दीर्घसेवी शिक्षक, एमबिबिएस, बाम्स, इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहबाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा कानुन समूहले कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलको सहजीकरणमा नाटक प्रस्तुत गरेका थिए । २०८० को आर्किटेक इन्जिनियरिङमा नेपाल सर्वोत्कृष्ट भएका प्रवीन कोइराला, सिभिल इन्जिनियरिङको कक्षा १२ को वोर्ड परीक्षामा सर्वोत्कृष्ट ३.८९ जिपिए ल्यायकी छात्रा सुस्मिता पुन, डान्स आइडल आकृति परियारलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध रोचक संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए साथै शिक्षकहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।
विज्ञान समूहका विद्यार्थीहरूले रोशन तिवारीको सहजीकरणमा विज्ञान प्रदर्शनी, तिर्थराज घिमिरे र विनय कुमार वि.क.को सहजीकरणमा चित्रकला प्रदर्शनी र व्यवस्थापन समूह अन्तर्गत होटल व्यवस्थापनका संयोजक आशिष के.सी. र सुरज पौडेलको सहजीकरणमा विद्यार्थीहरूले खाना महोत्सवका स्टलहरु राखेका थिए ।