२०८१ आश्विन ५

उद्योग संघमा फर्निचर वस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८० पुष २३, सोमबार १४:२१ गते

बुटवल, २३ पुस ।
रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेलाले सोमबार फर्निचर वस्तुगत समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुको समस्याको पहिचान गर्ने र त्यसको समाधानका लागि पहल गर्ने थलोका रुपमा वस्तुगत समिति भएको हुँदा त्यसलाई क्रियाशील बनाउन आग्रह गरे । उनले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिए । भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुका वस्तुगत समस्याहरुको पहिचानका लागि सदस्य उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै बस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राखे । उनले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुको सबन्धमा जानकारी गराएका थिए ।
संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्रीले फर्निचर क्षेत्रमा नियमपूर्वक काम गरेका व्यवसायीहरु नै मर्कामा परेको उल्लेख गर्दै भारतीय झोले मिस्त्री र मजदुरहरु सधै हाम्रा लागि टाउको दुखाई भएको हुँदा त्यसको समाधानका लागि सबै व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेलले क्षेत्रगत समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि सामुहिक पहल गरी संघमा लिएर आउन आह्वान गर्दै त्यसको समाधानका लागि आफुहरु सधै लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा द्वितिय उपाध्यक्ष हरिबहादुर खत्रीको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले ग्लोबल इन्टेरियाल काष्ठ उ्रद्योगका लिल बहादुर कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा सारु बुद्ध फर्निचर उद्योगका बुद्ध बहादुर सारु, सचिवमा बालकृष्ण फर्निचर उद्योगका भोजराज पाण्डे र सदस्यहरुमा . जेशन स्टिल तथा काष्ठ फर्निचर उद्योगका बिनोद बि.क., श्रीगणेश फर्निचर उद्योगका अग्नी कुमार अग्रहरी, सिद्धबाबा स्टिल तथा काष्ठ फर्निचरका घनश्याम घिमिरे र सन्तोष फर्निचर उद्योगका श्रवण कुमार (सोनु) गुप्ता चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेल, प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, कार्यसमिति सदस्य अशोक कुँवर, बलबहादुर गोदार, पूर्व सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, पूर्व कार्यसमिति सदस्य नेत्र रुचाल र फर्निचर उद्योग संघका अध्यक्ष तेज प्रसाद पराजुलीलाई चयन गरेको छ ।
नव गठित वस्तुगत समितिका संयोजक लिल बहादुर कार्कीले आप्mनो प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सहकोषाध्यक्ष विशाल बेलबासे, संघका कार्यसमिति सदस्य राजु घिमिरे, लालहरि पाण्डे, शारदा रेग्मी भट्टराई, मिना थापा तुलाधर, बलबहादुर गोदार, अशोक कुँवर, चन्द्रकान्त खनाल, े पूर्व सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, पूर्व कार्यसमिति सदस्यहरु सूर्यशर्मा सुवेदी, नेत्र रुचाल, बुटवल फर्निचर उद्योग संघका अध्यक्ष तेजप्रसाद पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारी र फर्निचर उद्योगीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।