२०८१ श्रावण १२

सन्दीपलाई आठ वर्ष कैद सजाय
  • लुम्बिनी खोज
  • २०८० पुष २५, बुधबार १३:१३ गते

काठमाण्डौं २५ पुस ।
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।
१३ पुसमा अदालतले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो। अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो।
अदालतले दुवैको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असरलगायतलाई विचार गरी सो फैसला सुनाएको हो।
जिल्ला अदालतका प्रवक्ता सिपी पन्थीका अनुसार फैसलामा लामिछानेलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को ३ (ङ) बमोजिम आठ वर्ष कैद सजाय सुनाइएको छ।