२०८१ श्रावण १२

राष्ट्रियसभा निर्वाचनः राप्रपाका थापाको उम्मेदवारी फिर्ता
  • लुम्बिनी खोज
  • २०८० पुष २७, शुक्रबार १२:१५ गते

बुटवल २७ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी फिर्ता लिएका छन्। ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएका हुन्।
१९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेकोमा ‘अन्य’तर्फ उम्मेदवारी दिएका थापाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका जनाएको छ । राष्ट्रिय सभाका १९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेको थियो।