४ जेष्ठ २०८१, शुक्रबार

रुपन्देहीका राष्ट्रसेवकलाई सेवकीय संस्कार सिकाईयो
  • लुम्बिनी खोज
  • २७ पुष २०८०, शुक्रबार १३:४२

 

बुटवल २७ पुस ।
रुपन्देहीका राष्ट्रसेवकहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम दिईएको छ । तिलोत्तमा नगरपालिका वडा न.९ स्थित मंगलपुरमा रहेको ओशोधरा ध्यानकेन्द्र,ओशो भिलेजमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासन मातहात रहेका कार्यालयका कार्यालय प्रमुखहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिईएको हो ।
एकदिवसीय सो कार्यक्रमलाई प्रशिक्षण दिदैँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारी नागरिकमैत्री हुनुपर्ने बताएका छन् । कर्मचारीले सेवकीय संस्कारलाई आत्मसाथ गर्दै सेवाग्राहीलाई छिटो, छरितो र सम्माजनक सेवा दिनुपर्नेमा उनले जोड दिए । सेवाप्रदायक कर्मचारी नागरिक प्रति समान व्यवहार र सेवालाई स्तरीयता बनाउन तप्पर हुनुपर्ने भन्दै उनले गुनासो रहित सेवामा कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताए ।
ओशोधारा आचार्य तथा प्रमुख प्रशिक्षक सुभाष बरालले हरेक मानिसहरुले अंहकारलाई हटाएर शान्त र आनन्दको जिवन बिताउन आग्रह गरेका छन् । उनले शान्ति आफुभित्रै भएका कारण शान्ति र आनन्द खोज्न बाहिर जान नपर्ने कुरा उल्लेख गरे । मानसिक तथा शारीरिक दबाबका कारण तनाव सिर्जना हुने बताउँदै यसको निराकरणको ओखती पनि आफुभित्रै रहेको उनले बताए । हरेक कामलाई ईमान्दार र प्रेमपुर्ण तरिकाले गर्नाले कर्मको प्रतिफल पनि प्रशंसायोग्य आउने आचार्य बरालको भनाई छ ।
यस्तै,प्रशिक्षण दिँदै सत्यार्थ गिरि प्रसाद गैरेले योग, ध्यान र प्रणायमले मात्र मानव जिवनलाई सुन्दर शान्त बनाउन सकिने बताए । समय व्यवस्थापन गरि दैनिक रुपमा शारिरीक व्यायमको आवश्यकता रहेको पनि उनले उल्लेख गरे । सु–सभ्य समाज निर्माणमा ध्यान र योगको आवश्यकता रहेको भन्दै निरन्तरता दिनु आजको आवश्यकता रहेको आयार्च गैरेको भनाइ छ ।
सो प्रशिक्षणमा सहभागिता जनाएका प्रशिक्षार्थीहरुले प्रशिक्षण कार्यक्रम अति नै जिवनपयोगी भएको बताउदै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद समेत दिए । करिब १५० जना भन्दा बढि राष्ट्रसेवकले प्रशिक्षण लिएका थिए ।