२०८२ असार ९
भैरहवा, २ फागुन ।
नेपाली काँग्रेस रुपन्देही निर्वाचन केन्द्रित भएको छ । उम्मेदवार छनौटमा पारदर्शीता अपनाउदै प्रचार प्रसारलाई प्रभावकारी बनाउने गरीे पार्टी लागि परेको कांग्रेस नेताहरुले बताएका छन ।
पार्टी केन्द्रीय सदस्य अब्दुल रज्जाकको उपस्थीतिमा पार्टी कार्यालय भैरहवामा सोमवार बसेको जिल्ला कार्य समितिको बैठकले सवै वडामा पार्टी वडा कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन गर्ने निर्णय गरेको छ । फागुन मासन्त भित्र जिल्लाका सबै वडामा पार्टीका वडा कार्यालय स्थापना गर्ने र सवै टोलमा पार्टीका टोल समिति गठन गर्ने निर्णय भएको जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए ।
पार्टीका गतिविधि अनुगमन गर्न उपसभापति अनिता शाहको संयोजकत्वमा अध्ययन समिति समेत गठन गरिएको छ । उक्त समितिमा प्रध्यापक, शिक्षक, वकिल तथा पत्रकार समेत रहने छन् । उक्त समीतीले स्थानीय तहका लागी आकांक्षी र लोकप्रीय उम्मेदवारहरुको बारेमा समेत अध्यन गर्ने काँग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । पार्टीले आगामी फागुन २२ मा सहीद यादव नाथ आलोक र रामप्रसाद चौधरीको स्मृतीमा रुपन्देही क्षेत्र नं १ को सुरज पुरामा स्मृती सभा एवं सहिद परिवार सम्मान कार्यक्रम समेत गर्ने भएको छ ।