२०८१ श्रावण १२

स्काउट क्रियुका विद्यार्थीद्धारा ७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
  • लुम्बिनी खोज
  • २०८० पुष २८, शनिबार ११:२० गते

बुटवल २८ पुस ।
बुटवल नहरपुरस्थित इडन स्काउट क्रियुका विद्यार्थीहरुले ७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
माधा प्राथमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर दुईमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई बुटवल नहरपुरस्थित इडन स्काउट क्रियुका विद्यार्थी संगीत आत्रेय र होराईजन क्रियुका अंकिता घिमिरेको सहायतामा पठनपाठन प्रक्रियामा थप सहजता प्रदान होस् भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेका थिए। उनीहरूले प्रति विद्यार्थी चार वटा को दरले कापी र पेन्सिल बितरण गरेका थिए ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक प्रकाश बुचा मगरले विद्यालयमा करिव ८५ प्रतिशत विद्यार्थी जनजाति र दलित समुायदका रहेकाले यस कार्यले गर्दा उनीहरुलाई पठनपानमा थप सहज हुने बताए । स्काउटका सदस्य रहेका संगीत आत्रेले सहयोगी ब्यक्तिहरुबाट व्यतिगत रूपमा जम्मा गरेका थिए ।
समुदायका लागि केही गर्नु पर्दछ भन्ने उद्देश्यले रकम जम्मा गरी विद्यालयलाई सहयोग गरेको बताएको कार्यक्रममा गौतम बुद्ध स्काउट क्रियु नवीन स्कुलका सदस्य स्नेहा भुसालको सहभागीता रहेको थियो।
स्काउट मास्टर नवराज खरेलको सहयोगमा यो सम्भव भएको आत्रेयले बताए ।
उक्त कामको विद्यालय परिवारले उच्च प्रशसा गर्दै हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेको छ ।