२०८१ श्रावण १२

प्रदेश प्रमुख शेरचनद्धारा माघे संक्रान्ति तथा माघीको शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८० माघ १, सोमबार ०३:४८ गते

बुटवल,१ माघ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका छन ।
उनले माघे संक्रान्ति तथा मकर संक्रान्तिलाई नेपालका बिभिन्न समुदायले आआफनो परम्परा अनुसार मनाउदै आएको उल्लेख गरेका छन । थारु समुदायले बिशेष रुपमा माघी पर्वलाई नया बर्षको रुपमा हर्षोउल्लासका साथ मनाउने र मगर समुदायले पनि यस दिनलाई तिरको निसान लगाउने र कृर्षी वालीहरुको पुजा तथा उपभोग गरेर नया बर्षको रुपमा मनाउदै आएको उल्लेख गरेका छन ।

प्रदेश प्रमुख शेरचनले समाजलाई माघी पर्वले सास्कृतिक , समाजिक , प्रर्यावरण तथा सद्भावपुर्ण एकताका माध्यमवाट बृहत राष्टिय एकतामा बाधिन सहयोग पुयाएको उल्लेख गदै समुदाय बिचको सबन्धलाई यस्ता मौलिक पर्वले जीवन्तता दिनु गौरबको कुरा भएको बताएका छन ।
उनले हाम्रा धेरैजसो चार्डवाड प्रकृतिसंग जोडिएका हुन्छन ।माघे संक्रान्ति तथा माघी पर्व पनि सुर्य उत्तरायण हुने परम्परासंग जोडिएको हुनाले प्रकृतिको संरक्षण तथा संम्वद्र्धनमा मानव समुदाय समर्पित हुनु पर्ने शन्देश दिएका छन ।