२०८१ श्रावण १२

सियारीको १४ औं अधिबेशन शुरु
  • लुम्बिनी खोज
  • २०८० माघ २, मंगलवार ०८:१५ गते

भैरहवा ।
सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।
अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताए ।
अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङन (एफआरए) मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ ।
त्यस्तै स्थानिय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनले सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताए । यसले राजश्व चुहावटबाट हुन सक्ने बित्तय जोखिम पनि कम हुदै गएको बताए ।
सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ बटा योजना मध्ये प्रथम चौमासिकसम्म ३० बटा योजना सम्पन्न भईसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धीत सरोकारवालाई सवैलाई निर्देशन दिएका छन् ।
सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भईरहेको बताउदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने बताए ।
गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको बिषयमा सभामा प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झीएका विवादलाई पनि न्यायीक समितिबाट निरुपण गरिएको बताईन् ।
अधिवेशनको पहिलो बैठकमा सियारी गाउँ सभाका सचिव तथा प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सञ्चालन गरेका थियो । गाउँसभाको अर्को बैठक सुचना प्रकासित भएपछि बस्ने गरी स्थगित भएको छ ।