२०८१ माघ २८
बुटवल ३ माघ ।
सेयर बजारमा आज बुधबार पौने १० अर्बको कारोबार भएको हो ।
बुधबार सेयर बजार २२ सय विन्दुमा पुगेर पुनः ओर्लिएर अघिल्लो दिनको तुलनामा केही घटेपनि कारोबार रकम भने बढी रह्यो । दिउँसो करिब १ बजे २२१५ विन्दुमा पुगेको सेयर पुनः ओर्लिएर १२.१० अंकले घट्दै २१६३ विन्दुमा झरेको छ।
आज तीन करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ७६ करोड ८९ लाख बराबरको कारोबार भएको छ।