२०८१ श्रावण १२

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी
  • लुम्बिनी खोज
  • २०८० माघ ११, बिहीबार १२:११ गते

बुटवल ११ माघ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । यहा अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिला समूहतर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।
दुई सिटका लागि भएको निर्वाचनमा दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन्।
यहा नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।