२०८१ श्रावण १२

दुर्घटनामा पूर्वमन्त्री पौडेलको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० माघ १७, बुधबार ११:३१ गते

चितवन १७ माघ ।
कांग्रेस चितवनका नेता एवं वागमति प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ।
आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पौडेल सवार ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग.१ख ८५४७ नम्बरको बसले ठक्कर दिएको थियो । कांग्रेसका नेता पौडेल २०७८ सालमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार साढे १२ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा आज दिउँसो १ बजेतिर जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा निधन भएको हो। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।