२०८२ भाद्र २६

संवैधानिक दायरामा रहेर निकास दिने प्रयास गर्दैछुः राष्ट्रपति
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २६, बिहीबार १०:२८ गते

काठमाण्डौं २६ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास गरिरहेको बताएका छन् । मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल पनि गरेका छन् ।
आज बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्शमा रहेको उललेख गरेका छन् ।
‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हरप्रयास गर्दै छु,’ राष्ट्रपतिले भनेका छन् ।