२०८१ श्रावण १२

बुटवलमा ६ क्वीन्टल मरेका माछा बरामद
  • लुम्बिनी खोज
  • २०८० माघ १७, बुधबार १६:०३ गते

बुटवल १७ माघ ।
बुटवलमा प्रहरीले मरेका माछा बरामद गरेको छ । बुटवल उप महानगरपालिका वडा नम्बर ११ योगीकुटी चोकमा प्रहरीले भारतबाट ल्याइएका माछा बुधवार बरामद गरेको हो ।
भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसार पोसार भई रहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलिले माछा बरामद गरेको हो । प्रहरीका अनुसार माइक्रो बसहरु चेक जाँच गर्ने क्रममा भैरहवावाट बुटवल तर्फ आउदै गरेका बसहरूको पछाडि डिक्कीमा लुकाई छिपाई राखेका प्लाष्टिकको ८ बोरा माछा बरामद गरिएको हो । बरामद बैखि जातका मरेका माछा एकै ठाउमा राखी तौल गर्दा ६ क्वीन्टल रहेको प्रहरीको भनाइ छ । बरामद माछा स्थानिय प्रतिनिधिको रोहवरमा इप्रकाको कम्पाउण्ड भित्र खाडल खनी नष्ट गरी गरिएको प्रहरीले जनाएको छ ।