२०८१ चैत्र ३
अर्घाखाँची २० माघ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप आज बिहान ७ बजेको आसपासमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेका छन् ।