२०८१ श्रावण १२

फागुन १८ गते देखि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार १४:५० गते

 

दाङ, २२, माघ ।

लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरि प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए ।