२०८१ श्रावण १२

उद्योग संघमा अध्यक्ष परिषद गठन, संयोजकमा आलम
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ७, शनिबार ०३:०५ गते

बुटवल। रुपन्देही उद्योग संघका पूर्व अध्यक्षहरुको भेलाले एजाज आलमको संयोजकत्वमा अध्यक्षीय परिषद २०७८–०८० गठन गरेको छ ।
गठित परिषदको सदस्यहरुमा संघका पूर्व अध्यक्षहरु पीएल श्रेष्ठ, डम्बरदेव अर्याल, वेनुराम प्रधान, श्याम बहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष बाबुराम बोहोरा रहेका छन । जसको सदस्य सचिवमा वर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहेका छन ।

नर्वनिर्वाचित अध्यक्ष परिषदका संयोजक आलमले संघको हरेक गतिविधि र समस्याहरुमा एक भएर परिषद अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संघको उन्नतिका लागि बनाएका योजना र कार्यक्रमलाई सफल बनाउने दायित्व आफ्नो पनि भएको भन्दै संघलाई सबैको साझा संस्था बनाउन सबैको भूमिका रहने बताए । संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले संघको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै वर्तमान समयमा उद्योगीहरुका चाहाना र आवश्यक्ताहरु परिपूर्तिका लागि सधै नेतृत्व प्रदान गर्ने काममा पछाडी नपर्न सुझाव दिए । पूर्व अध्यक्ष बोनिन पिया र गणेश प्रसाद अधिकारीले पछिल्लो समयमा कोरानाका कारण उद्योग क्षेत्रमा पारेको असर र समस्याका बारेमा संघले खेल्नु पर्ने भूमिका सन्दर्भमा सुझाव दिएका थिए ।
पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले लामो इतिहास बोकेको संस्थाको गरिमालाई उचो बनाई राख्न पूर्व अध्यक्षहरु र वर्तमान कार्य समिति एक भएर अगाडी बढनु पर्ने बताए । संघका पूर्व अध्यक्ष पिएल श्रेष्ठले संघ स्थापनाको लक्ष्य प्राप्तीका निम्ति सोही अनुसारका गतिविधिलाई अगाडी बढाउन सुझाव दिए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघले बदलिँदो वर्तमान परिस्थितीमा आफ्ना गतिविधि र कार्यक्रमहरुलाई सोही अनुसार परिमार्जन गरेर अगाडी बढ्नु पर्ने बाध्यता रहेको बताए ।
संघका सल्लाहकार समितिका संयोजक तथा पूर्व अध्यक्ष दिनेशराज रेग्मीले नेतृत्वले उद्योग र उद्योगीहरुको समस्याको पहिचान गरि त्यसको समाधानका लागि आफुलाई सधै सक्रिय बनाउनु पर्ने आवस्था आएको प्रति सचेत गराए ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोरा, संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय अध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, सचिव बसन्त ढकाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, सचिवालय सदस्य जमुना सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपस्थीति रहेको थियो ।