२०८१ श्रावण १२

शान्ति नमुनामा रचनात्मक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० माघ २५, बिहीबार ०९:५४ गते

रुपन्देही, २५ माघ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थीत शान्ति नमुना माध्यमिक विद्यालयमा बिहिबार विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
विद्यालयको ६५ औं वार्षिकोत्वका अवसरमा भएको कक्षा ११ र १२ तर्फको कविता वाचन प्रतियोगितामा विवेक बस्याल प्रथम, विकास खनाल द्वितीय , आशिक पन्थी तृतीय र विपना भण्डारीले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
यस्तै वादविवाद प्रतियोगितामा सम्पदा भट्टराई प्रथम, आशिक पन्थी द्वितीय , प्रवेश पाण्डे तृतीय र योजना सारुले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा अधिवक्ता तुल्सीराम ढकाल, शिक्षकहरु भीमलाल भुसाल, जमुना रिजाल, उदयराज बस्याल र गणेश ज्ञवाली निर्णायकको रुपमा रहेका थिए ।
यस्तै कक्षा ६ देखि ९ सम्म भएको कविता वाचन प्रतियोगितामा शुभेच्क्षा पाण्डे प्रथम, सुरेन्द्र बानिया द्वितीय , साक्षी गुप्ता तृतीय र नेत्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
त्यस्तै वादविवाद प्रतियोगितामा सुरेन्द्र बाँनिया प्रथम, एन्जिला पाण्डे द्वितीय , शुभेच्क्षा पाण्डे तृतीय र ईशा न्यौपानेले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरु आनन्द प्रसाद अर्याल, ज्योती अर्याल र बिमला अर्याल निर्णायकको भूमिकामा रहेका थिए ।
रचनात्मक कार्यक्रम अन्तरगत शुक्रबार कक्षा ११ र १२ तर्फ हाजिरी जवाफ प्रतियोगिता र कक्षा ६ देखि ९ सम्म वक्तृत्वकला प्रतियोगिता हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले बताए ।
यस्तै खेल सप्ताह अन्तरगत बिहिबार क्रिकेट, ४०० र ८०० मिटर दौड, हाइजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, घैटो फोड लगायतका खेलहरु सम्पन्न भएको विद्यालयले जनाएको छ ।