२०८१ श्रावण १२

क्यानडामाथि नेपालको ७ रनको जित
  • लुम्बिनी खोज
  • २०८० माघ २५, बिहीबार ११:१७ गते

काठमाण्डौं २५ माघ ।
नेपालले क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल ७ रनले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । पहिलो एकदिवसीय खेलमा सुरुवाती ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको लक्ष्यको प्रत्युत्तरमा क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई सय १७ रन बनाएको हो । नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेलले ४ विकेट लिए ।
ललितले दुई तथा सोमपाल कामी, रिजन ढकाल, पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै दुई सय २४ रन बनाएको हो । नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ्स खेले । क्यानडाका उदय भगवानले सर्वाधिक तीन विकेट लिएका हुन् ।
नेपाल र क्यानडाबीच तीन खेलको शृंखला हुनेछ । दोस्रो खेल शनिबार हुनेछ ।