२०८१ श्रावण १२

नेप्से १४.४६ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३, बिहीबार ११:४८ गते

बुटवल ३ फागुन ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से १४.४६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४६ अंकले घटेपछि नेप्से २०६२.०३ अंकमा कायम भएको छ ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ ।
कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता सेयर रु. तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद–बिक्री भएको छ। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ। सो कम्पनीको रु. २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको सेयर कारोबार भयो।